१८ माघ २०८२, आइतबार | February 1, 2026

गार्गी एकेडेमीमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना



बुटवल । बुटवल-११ देवीनगरस्थित गार्गी एकेडेमीले विद्यालयलबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई मंगलबार बधाई तथा शुभकामना प्रदान गरेको छ ।

शैक्षिक सत्र २०७८ को एसईई परीक्षामा विद्यालयबाट ३३ जना विद्यार्थी सहभागी थिए । स्थापनाको छोटो समयमै यस क्षेत्रमा प्रतिष्ठित एवं उदयीमान शैक्षिक संस्थाको रूपमा विद्यालय स्थापित भइसकेको छ ।

साथै सो अवसरमा एसईईमा सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न विषय अध्यापन गराई उत्कृष्ट नतिजा प्राप्त गराउन सफल विषय शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य भुवन अधिकारीले छोटा समयमै विद्यालय अब्बल शैक्षिक संस्था रूपमा स्थापित भएको बताए । उनले विद्यालयका आउँदा शैक्षिक यात्रा झनै सुखद हुँदै जाने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाले अरुको दबाबमा उच्च शिक्षा नरोजी आफ्नो क्षमता र रुचिलाई मध्येनगर गरी विषय छनौट गर्न विद्यार्थीलाई आग्रह गरे ।

विद्यालयका प्राचार्य भुवन अधिकारीको स्वागतमा भएको कार्यक्रममा विद्यालय शिक्षा उपसमिति सदस्य कमल नेपाल, विद्यालय सञ्चालक समिति सदस्य लोकराज शर्मा लगायत बोलेका थिए । कार्यक्रमको सञ्चालन नवराज न्यौपानेले गरेका थिए ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १० : ०१ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका