३० असार २०८३, मंगलबार | July 14, 2026

चुनावको मिति तोक्ने विषयमा छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक



काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित छन् ।

बैठक बुधबार दिउँसो ३ बजेदेखि सुरु भएको र अहिले पनि जारी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् ।

बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल गर्ने एजेन्डा छ । प्रधानमन्त्री देउवा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट आमनिर्वाचनको मिति घोषणा गर्ने मनस्थितिमा छन् ।

चुनावको मिति तोक्न सत्तारुढ गठबन्धनका दलसँग सहमति खोज्नकै लागि प्रधानमन्त्री देउवाले बुधबारका लागि बैठक बोलाएका हुन् । निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ५ : ०१ बजे

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका

निगमले भोलिदेखि देशभर एलपी ग्यासको भरी सिलिन्डर बेच्ने, मूल्य पनि तोकियो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति

रुपन्देहीका कृषि व्यवसायी शशी शर्मा पौडेल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर