१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

काठमाडौंबाट स्रोत नखुलेको साढे ४९ लाखसहित एक जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–६ तिनचुली बगला मार्गबाट स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा चुमनुब्री गाउँपालिका–१ घर भएका २४ वर्षीय धावा घ्याल्चेन रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–६ भूकुटी चोकबाट बा.९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले उनको कोठाबाट थप १७ लाख ५० हजार रूपैयाँ फेला पारेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १२ : १६ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार