११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल मंसिर २१ सम्मै रहन्छ : निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ ।

निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै संसदको कार्यकाल मंसिर २१ गतेसम्म रहने जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको बताएका छन् ।

थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषयमा स्पष्ट रुपमा उल्लेख गरेको बताए । ‘संविधान र कानुनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनि लिखित रुपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौं,’ उनले भने ।

प्रमुख आयुक्त थपलियाले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पद स्वतः सकिनेसमेत बताएका छन् ।

आयोगले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न आफूहरु सक्षम रहेको जनाएको छ । पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त मितिमा निर्वाचन गराउन सक्षम हुने बताए ।

निर्वाचनको मिति घोषणादेखि निर्वाचन सम्पन्न हुँदासम्म १२० दिन समय चाहिने संवैधानिक व्यवस्था भए पनि उक्त मितिमा निर्वाचन गराउन आयोग सक्षम हुने उनको भनाइ छ ।

निर्वाचनको मिति घोषणाको दिन ९आज० र मतदानको दिन (४ मंसिर) बाहेक १०७ दिन रहने भए पनि उक्त समयमा निर्वाचन गराउन आयोग सक्षम हुने प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार आयोगको सिफारिसअनुसार नै सरकारले निर्वाचनको मिति तोकेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ६ : १० बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : सञ्चारमन्त्री खरेल

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

पर्यटन ऐन र वन ऐन पर्यटन व्यवसायका बाधक

बुटवल । पर्यटनको नीतिगत सुधारका साथै बजेटको सही प्रयोग गर्नुपर्ने

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।

अर्घाखाँचीमा विद्यार्थी सवार जिप दुर्घटना : चालकको मृत्यु, १६ जना घाइते

अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त हुने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् पुनः विस्तार गर्ने तयारी