२३ श्रावण २०८३, शनिबार | August 8, 2026

श्रेष्ठ र तामाङलाई राखेपको बधाई



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् [राखेप] ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएको छ ।

राखेपले खेल क्षेत्रसँग सम्बन्धित दुवैलाई महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले दुई पटक राखेपको सदस्य–सचिवको जिम्मेवारी सम्हाली सकेका छन् । तामाङ नेपाल भलिबल संघका पूर्व अध्यक्ष हुन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, सदस्यहरू नन्दा बस्याल, अञ्जन धमला, जनक बर्तौला, विभागीय प्रमुख, शाखा प्रमुख, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीलगायतले कार्यकाल पूर्ण सफलताका लागिका शुभकामना दिँदै ताम्रापत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेलकुदसँग सम्बन्धित व्यक्तित्वले राज्यका तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाउनु भएका दुवैले खेल क्षेत्रको विकासमा अझ योगदान दिनु हुने विश्वास व्यक्त गर्दै सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले राष्ट्रिय राजनीतिमा आउन खेलकुद क्षेत्रको पनि महत्त्वपूर्ण योगदान रहेको बताउँदै आफूले सम्हालेको मन्त्रालय मार्फत खेलकुदका विषयमा गर्न सकिने सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

राजदूत तामाङले आफ्नो नियुक्तिमा पनि खेल क्षेत्रको ठूलो योगदान रहेको बताउँदै ‘स्पोर्ट्स डिप्लोमेसी’ मार्फत दक्षिण अफ्रिका र नेपालबीचको खेलकुदलाई कसरी जोड्न सकिन्छ त्यसमा आफ्नो ध्यान केन्द्रित रहने बताए ।

उपाध्यक्ष कोइरालाले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वले महत्त्वपूर्ण जिम्मेवारी पाउनु सिंगो खेल क्षेत्रका लागि गर्वको कुरा भएको विचार व्यक्त गरे ।

सदस्य–सचिव घिसिङले खेल क्षेत्रका वर्तमान वा पूर्व पदाधिकारीले राज्यको महत्त्वपूर्ण निकायमा अवसर पाउँदा परिषद्ले सम्झनु पर्छ भन्ने मान्यतालाई आत्मासाथ गरी नयाँ थालनीको सुरुआत गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले परिषद्ले चालू आर्थिक वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा विशेष जोड दिएको जानकारी गराए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १० : ३६ बजे

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै