१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

२४ घण्टामा २२६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीले दिनदिनै संक्रमित बढाउँदै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गर्ने नियमित पत्रकार सम्मेलनमा २२६ जनामा संक्रमण देखिएको जनाएको हो ।

मन्त्रालयकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ । धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ ।

पोखरामा भएको परीक्षणमा नवलपरासीका ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ । विराटनगरमा भएको परीक्षणमा झापाका २ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै, दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन् । सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा पोजेटिभ देखिएको छ । धुलिखेलमा परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ । कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १—१ जनामो पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षण्मा दाङका ९ जनामा पोजेटिभ देखिएको छ ।

अहिले प्रदेश नम्बर १ मा १ सय ३८, प्रदेश नम्बर २ मा ५ सय ८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ सय ७०, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी १ हजार ५ सय ६९जना संक्रमित उपचाररत रहेको उहाँले बताउनुभयो । देशभरीका विभिन्न अस्पतालमा उपचाररत २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म पीसीआर विधिबाट ७१ हजार ९ सय ३ र आरडिटी विधिबाट १ लाख १३ हजार ७ सय ५७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ३ सय १० र आरडिटी २ हजार ६ सय ४८ जनाको नमुना परीक्षण भएको छ । देशभरी क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् ।

हालसम्म १७९८ जना संक्रमित भएका छन् । जसमध्ये १ हजार ६६७ पुरुष र १३१ जना महिला रहेका छ्न ।

हालसम्म ५९ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । यसमध्ये आजैमात्र डोटी जिल्ला थपिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ४ : २७ बजे

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’

बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको

टी-२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका सुपर-८ बाट बाहिरियो

काठमाडौं। घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन