२७ माघ २०८२, मंगलबार | February 10, 2026

सुकिलुम्बा विमानस्थलको घेराबार र टर्मीनल भवन बन्ने



मङ्गलबारे । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको वरिपरि घेराबार निर्माण हुने भएको छ । यस्तै विमानस्थलको स्थायी टावर र यात्रु प्रतीक्षालयसहितको टर्मीनल भवन निर्माण हुने भएको छ ।

नागरिक उड्डयन प्राधिकरण एरोड्रोन इञ्जिनियरिङ विभागका निर्देशक मुरारी भण्डारीले घेराबार, स्थायी टावर र यात्रु प्रतीक्षालय निर्माण गर्न सरकारले बजेट उपलब्ध गराएको जानकारी दिए । “विमानस्थल उद्घाटन त गरियो तर सुरक्षाको लागि केही पनि नभएकाले यो वर्ष घेराबार गर्ने तयारी छ”, निर्देशक भण्डारीले भने । बजेट पास भएर आएकाले अब दसैँ तिहारपछि काम अगाडि बढ्ने गरी योजना तयार हुँदै गरेको पनि उहाँले बताए ।

प्राधिकरणले समेत लगानी गर्ने गरी बजेट व्यवस्था गरेपछि बहुवर्षे ठेक्कामा भवन र टावर निर्माण गर्ने साथै घेराबारा गर्ने तयारी छ । यो वर्ष घेराबाराका लागि रु एक करोड र भवनसहित टावर निर्माणमा रु दुई करोड बजेट विनियोजन भएको भण्डारीले जानकारी दिए ।

विमानस्थलको धावनमार्ग दायाँबायाँको कच्ची भागलाई मर्मतसम्भार गरी नालीसमेत सरसफाइ गरिने विमानस्थल आयोजना प्रमुख विनायक भट्टराईले बताए । ओटासीलको केही भाग चर्किएको र त्यहाँसमेत प्राविधिक परीक्षण गर्दा ठूलो समस्या नदेखिएको निर्देशक भण्डारीको भनाइ छ । हाल सो विमानस्थलको धावन मार्ग चर्किएको छ । भर्नुपर्ने माटो भएकाले केही चर्किएको बताइएको छ । यहाँ ‘अटोमेटिक शिल’ गरेपछि पुनः माटो बस्ने उनले बताए ।

विसं २०५८ मा सर्वे सुरु भई सुकिलुम्बा विमानस्थलमा २०६८ चैतदेखि निर्माण सुरु भएको थियो । धावनमार्ग विस्तार भएपछि तारा एयरले पहिलोपटक प्राविधिक उडान गरेको थियो । रु आठ करोड ४० लाख लागतमा गत वर्ष नै धावनमार्ग र पार्किङस्थलमा कालोपत्र भएपछि नेपाल वायुसेवा निमगले पहिलो परीक्षण उडान सम्पन्न गरेको थियो ।

विमानस्थलमा हप्तामा एक पटक उडान गर्ने तारा एयर र इलाम नगरपालिकाको योजनाअनुसार केही समय उडान भएको थियो । उडानका लागि सम्झौताअनुरुप यात्रुबापतको रु ११ लाख बढी रकम नगरले तारा एयरलाई भुक्तानी गरेको थियो ।

नेपालमा साना विमानस्थलको निर्माण र स्तरोन्नति भए पनि साना विमानको अभावमा नियमित उडान हुन सकेको छैन । साना जहाजको सञ्चालन खर्च बढी हुने भएकाले पनि लगानीकर्ताले यसतर्फ चासो नराखेको बताइएको थियो । साना विमानस्थललाई हुने जहाज आए राम्रो हुने निर्देशक भण्डारीको भनाइ छ । इलाममा निर्मित विमानस्थलबाट नियमित उडान गराउन पहल भइरहेको इलाम नगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : ४४ बजे

नवलपुर-२ मा नाउपा नेपालले नेकपाका महतोलाई समर्थन गर्ने

नवलपुर । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले नवलपुर

पश्चिम नवलपरासीमा रविको चुनावलक्षित कार्यक्रम रोक्न प्रशासनको निर्देशन

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पश्चिम

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी । पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप

दक्षिण अफ्रिकाको विजयी सुरुवात, क्यानडा ५७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा