२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्जको बागेश्वरी परिसरमा बाल उद्यानको निर्माण सुरु



नेपालगन्ज । नेपालगन्जको बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बाल उद्यान (चिल्ड्रेन पार्क)को निर्माण सुरु भएको छ । करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका छन् । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपियाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ ।

भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्ने निर्माण कम्पनीलाई आग्रह गरे ।

करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट,पार्किङ, फुटपाथ, सटर सहित बालपार्कका लागि आधारभुत काम हुनेछ । डीपीआर अनुसार आधुनिक संरचना सहितको वाल उद्यान र दुईतल्ले रेष्टुरेन्ट निर्माण गरिनेछ । यसको निर्माण सम्पन्न भएपछि बागेश्वरी मन्दिरको सौन्दर्यकरणमा समेत सहयोग पुग्नेछ । पहिलो चरणको निर्माण सम्पन्न भएपछि दोश्रो चरणको निर्माण कार्य अघि बढाइने प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : ०२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय