१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

नेपालगन्जको बागेश्वरी परिसरमा बाल उद्यानको निर्माण सुरु



नेपालगन्ज । नेपालगन्जको बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बाल उद्यान (चिल्ड्रेन पार्क)को निर्माण सुरु भएको छ । करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका छन् । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपियाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ ।

भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्ने निर्माण कम्पनीलाई आग्रह गरे ।

करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट,पार्किङ, फुटपाथ, सटर सहित बालपार्कका लागि आधारभुत काम हुनेछ । डीपीआर अनुसार आधुनिक संरचना सहितको वाल उद्यान र दुईतल्ले रेष्टुरेन्ट निर्माण गरिनेछ । यसको निर्माण सम्पन्न भएपछि बागेश्वरी मन्दिरको सौन्दर्यकरणमा समेत सहयोग पुग्नेछ । पहिलो चरणको निर्माण सम्पन्न भएपछि दोश्रो चरणको निर्माण कार्य अघि बढाइने प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : ०२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित