२१ बैशाख २०८३, सोमबार | May 5, 2026

सुक्खा पहिरोले माझगाउँ उच्च जोखिममा



खोटाङ । सुक्खा पहिरो जाँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीमा गाउँ नै जोखिममा परेको छ । शनिबार राति ठूलो पाखा पहिरोको रुपमा खस्दा जलेश्वरी माझगाउँका १८ घर परिवार जोखिममा परेको हो ।

माझगाउँको अर्को पाटोको भीर पाखो ठूलो सुक्खा पहिरोको रुपमा खसेको हो । झन्डै चार सय मिटर फैलिएको पहिरो करिब सात सय मिटर तल मेकुखोलामा थुप्रिएको छ । पहिरोका कारण वस्ती मात्र नभएर स्थानीय जनकल्याण आधारभुत विद्यालय जोखिममा परेको व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए ।

पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा परेको छ । उनीहरुको घरबाट करिब ५०/६० मिटरको दुरीमा पहिरो आइपुगेको छ । विद्यालयको खेलमैदान नजिकसम्म पहिरो गएपछि विद्यार्थी त्रासमा छन् । विद्यार्थी पहिरोमा खस्ने त्रासले पहिरोको डिलमा घोराबारा हालिएको छ ।

सो पहिरोले दिप्दीमावा-माझगाउँ-देल्बाया सडकको करिब दुई सय मिटर भाग बगाएको छ । केही मुनिबाट सुरु भएको अर्को पहिरोले समेत माझगाउँ जोखिममा पारेको छ ।

दुई/तीन वर्षदेखि सामान्य धाँजा फाटेको पाखोमा सामान्य वर्षाकैबीच पहिरो गएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : १६ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,