४ पुस २०८२, शुक्रबार | December 20, 2025

पर्वतमा पहिलो पटक देखिए ६ जना कोरोना संक्रमित, स्याङ्जामा थपिए ५ जना



पोखरा । अहिलेसम्म कोरोना भाइरसको संक्रमणले नछोएको पर्वत पनि कोरोना संक्रमित जिल्लाको सूचिमा समावेश भएको छ ।
गण्डकी प्रदेशको पर्वतका ६ जनामा संक्रमण देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहानै विज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।

पर्वतको फलेवासस नगरपालिका घर भएका २० र ४० वर्षीय २ पुरुष र महाशिला गाउँपालिका ठेगाना भएका १९, २० र २१ का ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देश्क विनोदविन्दु शर्माले जनाउनुभएको छ ।

पर्वत सदरमुकाम कुस्माको क्वारेन्टिनमा बसिरहेका संक्रमितहरुलाई जिल्ला अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।
यस्तै, स्याङ्जामा थप संक्रमित देखिएका छन् । चापाकोट नगरपालिकाका २२, २६, ३२ र ४० वर्षका पुरुषलाई संक्रमण देखिएको छ । उनीहरु सोही नगरपालिकाको क्वारेन्टिनमा बसिरहेका थिए । यस्तै, बिरुवा गाउँपालिका निवासी २० वर्षीय पुरुषलाई पनि कोरोना पुष्टि भएको छ । उनी पनि आफ्नै गाउँपालिकको क्वारेन्टिमा बसिरहेका थिए ।

यससँगै गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित पुगेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ७ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको