२ चैत्र २०८२, सोमबार | March 17, 2026

पोखराको प्याराग्लाइडिङ जोगाउने प्रयास हुन्छः मन्त्री श्रेष्ठ



पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालनको खवरले सबैभन्दा चिन्ता यहाँका प्याराग्लाइडिङ ब्यवसायीलाई छ। विदेशबाट जहान ल्यान्ड हुनुअघि प्याराग्लाइडिङ ब्यवसाय विस्थापित हुने भयले उनीहरू दैनिकजसो डेलिगेसन गैरहन्छन् ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सकेसम्म प्याराग्लाइडिङ ब्यवसाय विस्थापित हुन नदिने बताए । पोखरामा पत्रकारहरूले प्याराग्लाइडिङ ब्यवसायको भविष्यबारे प्रश्न गरेपछि उनले भने, ‘ब्यवसायीसँग कुरा भएको छ । यो पोखराको ब्रान्डिङ हो, संरक्षण गर्नुपर्‍यो भनेर माग गर्नुभएको छ । सुरक्षामा असर नपर्ने भए जोगाएर जानुपर्छ, प्राविधिकसँग छलफल गर्छौं ।’

पोखरामा ६० वटा प्याराग्लाइडिङ कम्पनी दर्ता छन् । जसमा तीन सय ७५ नेपाली पाइलट कार्यरत छन् । प्याराग्लाइडिङ पोखराको ब्राण्ड पनि हो ।

श्रेष्ठले निर्माणाधीन विमानस्थल १ जनवरीदेखि सन्चालनमा ल्याइने बताए । प्राधिकरणले यसअघि नै अन्तर्राष्ट्रिय उडानबारे निर्णय गरेको छ । तर आन्तरिक तयारी भने भएको छैन । पोखरा महानगरको ल्यान्डफिल साइट सार्नुपर्नेदेखि पूर्वतर्फको रिठ्ठेपानी डाँडा ४० मिटर काट्नुपर्ने अनिवार्य सर्त छ । विमानस्थलमा सुरक्षा युनिट र इन्धन डीपो बनाएको छैन । उडान मिति तोकेपछि मात्रै अन्तर्राष्ट्रिय जहाज कम्पनी र उडान रुटबारे छलफल हुने श्रेष्ठ बताउँछन् ।

‘९८ प्रतिशत काम सकिएको जानकारी पाएका छौं । १ जनवरीबाट उडान हुन्छ । अब सरकारले जहाज कम्पनी र फ्लाइट रुटबारे छलफल अघि बढाउँछ,’ उनले भने । कोरोनाका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर परेको भन्दै उनले यो एयरपोर्ट चलेपछि उत्साह आउने बताए ।

‘२०२३ देखि २०३३ लाई भ्रमण दशक भनेर घोषणा गरेका छौं । योसँगै पर्यटन क्षेत्रको नीति निर्माण र पूर्वाधार बनाउने काममा जोड दिएका छौं,’ उनले थपे, ‘नेपाललाई विश्वको पर्यटकको गन्तब्यस्थल बनाउन कार्ययोजना बनाएका छौं । यो एयरपोर्टले गण्डकी प्रदेशको समग्र विकासमा टेवा पुग्छ ।’

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : ०४ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित