२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एकीकृत समाजवादीको निर्णय : उम्मेदवार छनोटको मापदण्ड बनाउने जिम्मा महासचिव भुसाललाई



काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी संघीय निर्वाचन लक्षित गर्दै चार निर्णय गरेको छ ।

आज बसेको एकीकृत समाजवादीको ३४ औं सचिवालय बैठकले घोषणापत्र मस्यौदा तयार गर्ने लगायतको जिम्मेवारी दिएको छ ।

पार्टीको तर्फबाट आगामी निर्वाचनका लागि जारी गर्ने घोषणापत्र मस्यौदा गर्न उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर र डा विजय पौडेललाई दिने निर्णय गरेको छ ।

त्यस्तै प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवार छनोट गर्ने मापदण्ड एवं निर्णय प्रकृयाका सम्बन्धमा प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्न महासचिव बेदुराम भुसाललाई जिम्मा दिन निर्णय गरेको छ ।

तेस्रो निर्वाचन निर्देशिका मस्यौदा तयार गर्न निर्वाचन विभागलाई जिम्मेवारी दिएको छ । त्यसै गरि बैठकले दल दर्ता सम्बन्धी आवश्यक काम गर्न उपमहासचिव गंगालाल तुलाधरलाई जिम्मा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ९ : १७ बजे

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय