२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

बालुवाटारमा पाँचदलीय गठबन्धनको कार्यदलको बैठक



काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको कार्यदलको आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँडका लागि पार्टीका आधार प्रस्तुत गर्ने भएका छन् ।

कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला तोकिएका छन् । ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट सिटौला, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ४ : १५ बजे

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम