१८ पुस २०८२, शुक्रबार | January 2, 2026

भदौ ५ गतेदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने



काठमाडौं । सरकारले भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु हुने भएको हो । मन्त्रालयले भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिने जनाएको छ ।

प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, शंखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेहथुम र उदयपुरमा खोप सञ्चालन हुने छ । मधेश प्रदेशका बारा रौतहट, सर्लाही गरी तीन जिल्ला र बाग्मती प्रदेशका रामेछाप, दोलाख, धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक गरी ६ जिल्लामा खोप अभियान सञ्चालन हुने छ ।

गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम छन् भने कर्णली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोटमा खोप लगाइने छ ।

सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुनेछ । बच्चालाई दिइने फाइजरको खोप सुरक्षित भएकाले ढुक्कासँग आफ्नो बच्चालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ६ : २८ बजे

डा. निकोलस भुसाल र हरिश विष्टले ११ औं दिनमा तोडे अनसन

काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन बसेको

अवतरणका क्रममा बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो

झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी