४ चैत्र २०८२, बुधबार | March 18, 2026

साकेलाका चार कर्मचारीसहित पाँच जनालाई कोभिड-१९ को संक्रमण पुष्टि



खोटाङ । खोटाङको साकेला गाउँपालिकाका चार कर्मचारी सहित पाँच जनालाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

पुनः कोभिड-१९ को महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टीजेन परीक्षण गर्दा चार कर्मचारी र एक जना घरबेटीलाई संक्रमण पुष्टि भएको हो ।

दैनिक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गरिरहेका जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य अवस्था बारे जानकारी लिनका लागि एन्टीजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।

संक्रमितलाई होमआइसोलेसनमा राखिएको छ । कर्मचारीलाई संक्रमण देखिए पनि गाउँपालिकाको कार्यालयको सेवा भने रोकिएको छैन । सामाजिक दुरी कायम गरेर सेवा प्रवाहको व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए । ‘कोभिड-१९ लागेको छ भनेर टेस्ट गरेको होइन । नागरिकसँग प्रत्यक्ष जोडिएका कर्मचारी र पदाधिकारीको स्वास्थ्य अवस्था बारेमा जानकारी दिएर स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न टेस्ट गरिएको हो,’ अध्यक्ष राईले भने, ‘सेवा प्रदान गर्ने पक्ष सुरक्षित भए मात्र नागरिक सुरक्षित हुन्छ । प्राप्त नतिजाका आधारमा नागरिकलाई संक्रमणबाट जोगाउने थप सुरक्षा अपनाउने छौँ ।’

खोटाङमा पुनः कोभिड-१९ को संक्रमण फैलिन थालेको छ । तर अन्य स्थानीय तहले एन्टीजेन परीक्षणमा भने चासो दिएका छैनन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ८ : २४ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको