८ पुस २०८२, मंगलबार | December 23, 2025

वडा अध्यक्षदेखि सांसदसम्म ठेकेदार बनेका कारण काम नगर्ने प्रवृत्ति बढ्यो : भौतिक पूर्वाधार मन्त्री राई



वीरगंज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले वडा अध्यक्षदेखि सांसदसम्म ठेकेदार बनेका कारण काम नगर्ने प्रवृत्ति बढेको बताएका छन् । ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

वीरगंजमा शनिबार नवनिर्मित तिलावे पुलको उद्घाटन गर्दै उनले नेता पनि बन्ने ठेकेदार पनि बन्ने गरिएका कारण काममा ढिलासुस्ती हुने गरेको बताए । उनले काम समयमा समपन्न नगर्ने र काममा गुणस्तरियता कायम नगर्ने ठेकेदार नेता नै भएपनि कारवाही गर्ने चेतावनी दिए ।

‘जनताप्रति उत्तरदायी नहुने नेतालाई ‘नमस्कार’ गर्नु नै ठीक हुन्छ ।’ उनले भने, ‘जिम्मेवारी लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्छौं ।’ उनले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नु भन्दा लाइसेन्स खारेज गर्नु उपयुक्त हुने पनि बताए ।

मुद्धा हालेर विकासमा अवरोध सिर्जना गर्नेलाई जनताले चिन्नुपर्ने उल्लेख गर्दै उनले आफू मन्त्री हुँदा ८२ वटा पुल अलपत्र रहेकामा त्यसलाई ३४ मा झारेको दावी गरे । उनले संघको जिम्मेवारीमा रहेका सडक, पुल लगायतका आयोजनाको काम समयमै सक्ने वतावरण बनाउन सडक विभागका महानिर्देशकलाई मञ्चबाटै निर्देशन दिए ।

 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : ०१ बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर