५ आश्विन २०८३, सोमबार | September 21, 2026

बुटवल उपमहानगरमा न्यायिक समितिबाट विवाद निरुपण गर्न शुरु



बुटवल । बुटवल उपमहानगरपालिकाको न्यायिक समितिले ६ वटा विवाद निरुपण गरेको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि दर्ता भएका २० वटा विवादमध्ये ६ वटा विवाद निरुपण गरेको हो ।

उपप्रमुख तथा न्यायिक समिति संयोजक सावित्रादेवी अर्यालले २० वटा विवाद दर्ता भएकोमा ६ वटा विवाद निरुपण गरेको र १४ वटा प्रक्रियामा रहेको बताइन् ।

न्यायिक समिति संयोजक अर्यालका अनुसार बुटवल उपमहानगरमा नयाँ नेतृेत्व आएपछि ७ वटा इजलास र २ वटा न्यायिक समितिको बैठक बसेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (२) अन्तरगत अघिल्लो आर्थिक वर्षबाट ९ वटा मुद्दा जिम्मेवारी सरेर आएका छन् ।

न्यायिक समितिमा सबैभन्दा बढी जग्गा, सार्वजनिक बाटोसम्बन्धी विवाद न्यायिक समितिमा आएका छन् । यस्तै श्रीमान् श्रीमतीबीचको विवादलाई श्रीमतीलाई खानलाउन र बालबच्चालाई शिक्षादिक्षाको व्यवस्था मिलाउने गरी मेलमिलाप गराइएको न्यायिक समिति संयोजक अर्यालले बताइन् ।

संविधानको धारा २१७ अनुसार बनेको न्यायिक समितिले विभिन्न ११ विषयमा मिलापत्र गर्न सक्छ भने मेलमिलापको नीतिले नछुने विषयमा भने सुनुवाई कक्षले निर्णय गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : ३७ बजे

बुटवलको सुन्दरनगर खानेपानी संस्थाको अध्यक्षमा शंकर परियार निर्वाचित

बुटवल । बुटवल-६ स्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको

बुटवलमा जिडब्लुएमको नयाँ सोरूम सञ्चालन, ओरा ५ र जोलियन म्याक्स इभी सार्वजनिक

बुटवल । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालको बुटवलस्थित आधिकारिक क्षेत्रीय

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

बागलुङ । बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा