३० असार २०८३, मंगलबार | July 15, 2026

सीट बाँडफाँड गर्न गठबन्धन कार्यदलको बैठक बस्दै



काठमाडौं । आगामी चुनावका लागि सीट बाँडफाँडबारे छलफल गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै छ ।

आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले जानकारी दिए । यसअघि बसेको बैठकले सीट बाँडफाँडका विषयमा सैद्धान्तिक सहमति गरेको थियो ।

आजको बैठकमा सीट बाँडफाँडबारे थप छलफल हुने भएको छ । यससँगै कार्यदलका सदस्यहरुले आआफ्नो दलको धारणा राख्ने जनाइएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा तालमेलका लागि सीट बाँडफाँड गर्न गठबन्धनले कार्यदल गठन गरेको थियो । साउन २० गते गठन भएको कार्यदलले तीन वटा बैठक गरेर छलफल गरिरसकेको छ ।

कार्यदलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको छ । यसमा कांग्रेसका तीन र अन्य दलका दुई दुई जना सदस्य छन् ।

कार्यदललाई भदौ पहिलो साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । कार्यदलले बुझाउने सीट बाँडफाँडको प्रतिवेदनका आधारमा गठबन्धनका शीर्ष नेताले निर्णय गर्नेछन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ८ : ५० बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित