११ पुस २०८२, शुक्रबार | December 26, 2025

राप्रपा नेपालको केन्द्रिय समिती बैठक शुरु, प्रतिवेदनहरु प्रस्तुत हुदैँ



काठमाडौं । राप्रपा नेपालको केन्द्रिय कार्य समितीको बैठक काठमाडौंको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा शुरु भएको छ ।

बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, उर्जा र उच्च मनोबल सहित निर्बाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

थापाले मुलुकको पछिल्लो अबस्था बारे संक्षिप्त भनाई राखेका छन् । अहिले थापाले बर्तमान राजनितीक परिस्थिति तथा भाबी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।

बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिबेदन , महामन्त्री सुशील श्रेष्ठले मेची(महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिबेदन अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठानिक प्रतिबेदन , कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन , प्रदेश अध्यक्षहरुको प्रतिबेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा निर्बाचनको तयारी र आबश्यक रणनीति निर्माण गर्ने बिषयमा महत्त्वपूर्ण छलफल हुने उनले बताए । प्रस्तुत कार्यपत्र र प्रतिबेदन माथी आजैबाट टिप्पणी शुरु हुनेछ। बैठक भोलि पनि चल्ने प्रबक्ता सुरेश आचार्यले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : १५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा