२४ श्रावण २०८३, आइतबार | August 9, 2026

सांसदले ‘बंक’ हानेपछि सभामुख आक्रोशित



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पास गर्ने बेलामा संसद बैठकमा सांसदहरु नबसेकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

संघीय संसद सचिवालयमा सोमबार आयोजित ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र उपलब्धी’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभामुख सापकोटाले विधेयक पास गर्ने बेलामा सांसदहरुको अनुपस्थितिप्रति आक्रोश व्यक्त गरेका हुन् ।

पछिल्लो समय विधेयक पास गर्ने क्रममा गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक स्थगित गर्नुपरेको छ । आइतबार नै गणपूरक संख्या नपुगेर दुईपटक प्रतिनिधिसभा बैठक स्थगित गर्नुपरेको थियो ।

संसदलाई जनतामा जोड्न निकै मिहेनत गर्नुपरेको स्मरण गराउँदै उनले तर, बैठकमा सांसद अनुपस्थित हुँदा विधेयक पारित गर्न समस्या भइरहेको बताए ।

संसदको गतिविधिलाई जनताले नियालिरहेको भन्दै उनले बैठकमा उपस्थित हुन पटक पटक घण्टी बजाउँदा पनि गणपूरक संख्या नपुगेर विधेयक पास गर्न नसकिएको बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ४ : ५७ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी