३ मंसिर २०८३, बिहिबार | November 19, 2026

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ६२ अङ्कले बढेर दुई हजार ६२८ दशमलव ६७ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७८ अङ्कले बढेर ४७६ दशमलव ९३ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले बढेर १८२ दशमलव ६९ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३० अङ्कले बढेर १६१ दशमलव ९२ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ९४ लाख ३७ हजार ८४२ कित्ता शेयर रु तीन अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेका छन् । आज १३८ कम्पनीको शेयर बढ्नुका साथै १३२ कम्पनीको शेयर घटेको छ । त्यसैगरी १० कम्पनीको शेयर स्थिर छन् ।

नेप्सेका अनुसार आज बोटर्लस नेपाल (बालाजु), बोर्टलस नेपाल (तराई) र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी एभरेष्ट कलर, प्रभु महालक्ष्मी इन्सुरेन्स, मुक्तिनाथ कृषि कम्पनी लगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ३ : ५४ बजे

Your email address will not be published.

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

भारतका राष्ट्रपतिसमक्ष राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त राजदूत निश्चलनाथ पाण्डेले भारतीय

पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी

हुलाकी राजमार्गको धम्बोझी-नन्दनीमील खण्डको सडक स्तरोन्तीको काम सुरु

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्ज-गुलरिया सडक खण्डको धम्वोजी चोकदेखि

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वैकल्पिक लगानी कोष नियमावली,