२६ माघ २०८२, सोमबार | February 9, 2026

नेकपा एकिकृतका कार्यकर्तालाई निर्वाचनमा होमिन आग्रह



बुटवल । नेकपा एकिकृत समाजवादीका सचिव भागवत विश्वासीले आगामि मंसिर ४ गते हुने निर्वाचनमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन ।

उनले दक्षिणपन्थी अवसरवादको दलदलमा फसेका कारण एमालेबाट विद्रोह गरेको उल्लेख गर्दै प्रतिगमनविरुद्ध काँग्रेस सहितको शक्तिसँग गठबन्धन गर्नुुपरेको बताए ।
नेकपा एकिकृत समाजवादी रुपन्देहीको चौथौ पूूर्ण बैठकलाई आईतबार सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सहइन्चार्ज समेत रहेका विश्वासीले केपि ओलीमा अझै पनि प्रतिगमनकारी सोँच र व्यवहार देखिएकाले एमालेसँग कुुनै प्रकारको तालमेल हुननसक्ने बताए ।

उनले संविधान, गणतन्त्रको रक्षाका लागि गठबन्धन गरेर जानुुपरेको बताउँदै आफूहरुको उपस्थिती विद्रोहको औचित्य पुष्टि हुने गरि आउने दावी समेत गरे ।
बैठकमा पार्टीका पोलिटब्यूूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले मंसिर ४ पछि आफूहरुको उपस्थिती बलियो हुने बताए ।

उनले निर्वाचनलाई केन्द्रमा राखेर पार्टी संगठन तल्लोतहसम्म विस्तार गर्न निर्देशन दिए । अध्यक्ष पाण्डेले गठबन्धन हुुँदा लुम्बिनीमा आफूहरुको उपस्थिती सम्मानजनक हुने बताए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य एंव प्रदेश सचिव राजुु गुुरुङ, अर्का केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले बोल्दै अब नेकपा एकिकृत समाजवादीले जनतालाई उत्साह जगाउँदै निर्वाचनमा होमिने बताए ।
बैठकले प्रदेश र संघको निर्वाचनलाई केन्द्रीत गरि एक महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष अविराम विश्वकर्माले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ३१ बजे

सोसल मिडियाको स्टन्टले देश बन्दैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

बुटवलमा ‘बिग मास्टर’को रिटेल-होलसेल अन्तरक्रिया, ३३० एमएल बोटल सार्वजनिक

बुटवल । स्वदेशमै उत्पादन हुँदै आएको रोयल काठमाडौं बेभरेज प्रालिको

श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड २० रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयोजक श्रीलंकाले विजयी सुरुवात

रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने

गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।

निर्वाचन आउन २४ दिन बाँकी : आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौं । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने