२२ मंसिर २०८२, सोमबार | December 8, 2025

अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ



लमजुङ । लमजुङको उत्तर पश्चिम क्षेत्रमा पर्ने क्व्होलासोंथर गाउँपालिका-८ को घाम्राङ गाउँ अकबरे खुर्सानीका लागि आत्मनिर्भर छ । सामाजिक अगुवा गमप्रसाद गुरुङको जन्मथलो रहेको घाम्राङ गाउँमा उनले पछिल्ला १० वर्षदेखि हिमालय हर्ब सेन्टर फार्म नै दर्ता गरेर मार्फत यस्ता विभिन्न काम गर्दै आएका हुन् ।

पूर्वशिक्षकसमेत रहेका ५० वर्षीय गुरुङका अनुसार उनी सानो हुँदा घाम्राङ गाउँमा खुर्सानी फल्दैन भन्ने मान्यता थियो र खुर्सानी कसैले लगाउँदैनथे। ‘गाउँका केहीले बजारबाट किनेर र केहीले मागेरै काम चलाइएको अवस्था थियो’, उनले भने ।

पछिल्लो चार वर्षको बीचमा छिमेकी मपिङ गाउँ पनि त्यही अभ्यासमा छ । घाम्राङ गाउँमा ६५ घर परिवार बसोबास गर्दछन् भने मपिङमा ४० घरपरिवार बस्दै आएका गुरुङले बताए । उनका अनुुसार गाउँमा ‘मोही माग्नेलाई दिनु, खुर्सानी माग्नेलाई नदिनु’ भन्ने नारा र अभियान नै चलाइएको छ । अकबरे खुर्सानीमा गाउँलाई आत्म निर्भर बनाउने सपना गुरुङले चार वर्षअघि देखेका थिए ।

पहिलो वर्ष उनले आफ्नै बारीमा त्यसको परीक्षण शुरु गरेका थिए । अहिले घाम्राङ गाउँका १० घरपरिवारले अकबरे खुर्सानीको व्यवसायिक उत्पादन थालेका छन् भने अन्य सबै घरले आफ्नो परिवारलाई पुग्ने गरी अकबरेको खेती गर्न थालेको गुरुङले बताए ।

चार प्रकारको अर्गानिक मल उत्पादन प्रविधिबारे गाउँलेलाई सिकाइएको अकबरे खुर्सानीका व्यवसायिक खेती गरिरहेका अर्का किसान कमलप्रसाद गुरुङले बताए । उनका अनुसार अहिले घाम्राङ र मपिङ गाउँमात्र हैन आसपासका चरागाउँ, पसगाउँ, मालिङ, भोजे गाउँमा पनि अकबरे खुर्सानीको व्यवसायिक उत्पादन हुन थालेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : ४९ बजे

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता

नागढुङ्गा-नौबिसे सडक मङ्सिर २४ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे