१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

माओवादी केन्द्र र नेसपाले आज दल दर्ता गर्दै, ‘गोलाकारभित्रको हँसिया हथौडा’ चिन्हमा चुनाव लड्ने



काठमाडौं । नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी नेसपाले आज निर्वाचन आयोगमा दल दर्ता गर्नेभएका छन् ।

आज बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले आज दल दर्ता गर्ने निर्णय गर्दै बाबुरामको नेकसपालाई गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हबाट चुनाव लड्न दिने निर्णय गरेको छ ।

तीन दिन अघि अध्यक्ष प्रचण्ड र भट्टराईबीच भएको छलफलमा दुई पार्टीले यौटै चुनाव चिन्ह, साझा घोषणापत्रका साथ निर्वाचनमा जाने सहमति गरेको थियो । पार्टी एकता गर्ने उद्देश्यसहित गरिएको सहमतिअनुसार आज दुवै पार्टी यौटै चुनावचिन्हका साथ दल दर्ता गर्न जान लागेका हुन् । दिउँसो १ बजे दल दर्ता गर्ने माओवादीले जनाएको छ ।

माओवादी बैठकमा प्रचण्डले भट्टराईसँग भएको सहमतिबारे नेताहरुलाई जानकारी गराएका थिए ।

बैठकले भट्टराई र गौतमलाई आफ्नो चुनाव चिन्हमा लड्न स्वीकृति दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘बाबुराम भट्टराई र वामदेव गौतमलाई हँसिया हतौडामा चुनाव लड्न पार्टीले स्वीकृति दिएको छ। उहाँहरूका केही शर्त छन् । ति विषयमा थप छलफल गरिने छ,’ महराले भने ।

निर्वाचन आयोगले ऐनअनुसार दुई वा दुई भन्दा बढी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्न पाउने जनाएको थियो । तर, त्यसबारे आयोगलाई दल दर्ता गर्ने बेलामै जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : ०३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा