४ पुस २०८२, शुक्रबार | December 20, 2025

‘गोलाकारभित्रको हँसिया हथौडा’ चुनाव चिन्ह प्रयोग गर्न माओवादी र नेसपाले दिए निवेदन



काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)ले यौटै चुनाव चिन्ह प्रयोग गर्ने गरी निवेदन दर्ता गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादीको गोलाकारभित्रको हंसिया हथौडा चुनाव चिन्हमा उम्मेदवारी दिने गरी दुवै पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

माओवादीको तर्फबाट शिव खकुरेल र जसपाको तर्फबाट फणिन्द्र देवकोटाले आयोग पुगेर निवेदन दर्ता गराएका हुन् । यससँगै कानूनी रुपमा बाबुराम भट्टराई नेतृत्वको नेसपालाई माओवादीको चुनाव चिन्ह प्रयोग गर्न पाउने बाटो खलेको छ ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको चुनावमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न गरेको प्रस्तावलाई मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले स्वीकृत गरेको थियो ।

यसपछि मंगलबार दिउँसो दुवै पार्टीका प्रतिनिधि आयोगमा पुगेर निवेदन दिएका हुन् । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफूहरुलाई एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न दिन उनीहरुले माग गरेका छन् ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको