२५ माघ २०८२, आइतबार | February 9, 2026

नेपालगन्जमा राजश्व कर्मचारी र व्यवसायीबीच द्वन्द्व चर्कियो, उद्योग बाणिज्य संघका प्रवक्ता धामी पक्राउ



नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघका प्रवक्ता टंक धामीलाई ड्युटीमा रहेका सरकारी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । राजश्व अनुसन्धान कार्यालयका एक कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्जको घरबारीटोल स्थित मष्टा लक्ष्मी ट्रेडर्स लिंकमा छापा मार्न पुगेका राजश्व अनुसन्धान कार्यालयका नायव सुब्बा बाबुराम पन्थीलाई धामी सहित केही व्यापारीले दुर्व्यवहार गरेको भन्दै पन्थीले दिएको उजुरीका आधारमा प्रहरीले धामीलाई पक्राउ गरेको जनाएको छ । पन्थीले धामी सहित ३ जना व्यापारीका विरुद्ध किटानी जाहेरी दिएकोमा धामीले गिरफ्तारी दिएका छन् भने अन्य दुई जना फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तिमगरले धामीलाई पक्राउ गरिएको र अन्य २ जनाको खोजी भइरहेको बताए ।

नासु पन्थीले व्यवसायीहरुसँग अनुचित लाभ लिने गरेको र सो पसलमा पनि अनुचित लाभको बोर्गेनिङ चलिरहेका बेला पुगेका व्यवसायीहरु आक्रोशित भएर पन्थी माथि जाई लागेको नाम नबताउने सर्तमा एकजना व्यवसायीले बताए । पन्थीमाथि दुर्व्यवहार भएको सूचना र अनुचित लाभको आरोप आएपछि राजश्व बिभागबाट छानवीनका लागि २ जना अधिकारीहरु नेपालगन्ज पुगेको राजश्व स्रोतले दाबी गरेको छ ।

कुटपिट हुन सक्ने सम्भावना देखिएपछि धामीले समातेर बचाउन खोज्दा भिडियो सार्वजनिक भएको नेपालगन्ज उद्योग बाणिज्य संघका एक सदस्यले दाबी गरे । धामी पक्राउ परेको सम्बन्धमा प्रतिक्रिया लिन फोन गर्दा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले मोबाईल उठाएनन् ।

सरकारले व्यवसायमा चल्दै आएको अण्डर बिलिङलाई नियन्त्रण नगर्दा सम्म स्टक र खरिद बिक्रि हिसाव चुस्त हुन नसक्ने व्यवसायकिो भनाई छ । अण्डर बिलिङलाई कायम राखेर व्यवसायीलाई फन्दामा पार्ने र सरकारी कर्मचारीले असुल्ने गरेको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । अरबौंको सामान न्युन बिजकमा भन्सार मुल्यांकन गरि सरकार आफै भित्राउने गरेपनि राज्यले त्यसलाई नियन्त्रण गर्न चासो नदेखाउने गरेको व्यवसायीको आरोप छ ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ११ : ४१ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय