१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

ठेकेदारले काम गर्न ढिलासुस्ती गरेको भन्दै वडा अध्यक्षबाट निर्माण सामाग्री कब्जा



बुटवल । बुटवलको तामनगर–फर्साटिकर सडकखण्डमा कल्भट निर्माणमा ठेकेदारले ढिलासुस्ति गरेको भन्दै वडाध्यक्षले ठेकेदारको निर्माण सामाग्री(डोजर) कब्जामा लिएका छन् ।

सडक अलपत्र पारेर आवतजावतमै समस्या बनाएको भन्दै बुटवल उपमहानगर वडा नम्बर १५ का वडा अध्यक्ष शिव रानाले ठेकेदारको डोजर कब्जामा लिएका हुन् । पटक पटक समय सिमा भित्र काम गर्न आग्रह गर्दा पनि नमानेपछि एक्सनमा उत्रनुपरेको १५ नं वडाका रानाले बताए । उनले स्थानीयतहसँग सम्म समन्वय नगर्ने र सडकको कन्त बिजोग बनाएर अलपत्र पारिएपछि डोजरमा सिकि लगाउनु परेको बताए ।

उनले सडक किनारमा खडा गरिएको डोजर मेसिनमा सिक्रिले बाँधेर तालाबन्दी गरेर चाबि कब्जामा राखेका हुन ।

निर्माणको जिम्मा पाएको सत्यवति निर्माण कम्पनिलाई काम सक्न ताकेता गर्दा पनि आलटाल गरेको रानाको आरोप छ । कल्भट निर्माण अलपत्र हँदा स्थानियवासी र स्कुले विद्यार्थीलाई आवतजावतमा समस्या भएपछि वडाले छुट्टै डोजर लगाएर काम गरेको उनले बताए । राना बुटवल उपमहानगरपालिकाका प्रवक्ता पनि हुन् ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ८ : २६ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा