२५ श्रावण २०८३, सोमबार | August 10, 2026

आजबाट वाईसीएलको राष्ट्रिय भेला, ६०० प्रतिनिधि सहभागी हुने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)नेपालको दोस्रो राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ ।

‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ आजदेखि भेला सुरु हुन लागेको हो ।

भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको वाईसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिए ।

भेलामा सहभागी हुन जिल्ला र प्रदेशबाट प्रतिनिधि काठमाडौं आइसकेका छन् । दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापनसत्र गरी तीन सत्रमा सञ्चालन हुनेछ ।

बन्दसत्रमा विगतमा सङ्गठनका कामको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरी युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने संयोजक देवकोटाले बताए ।

भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६०० प्रतिनिधि सहभागी हुनेछन् । जसमा केन्द्रीय समितिबाट १९६, प्रत्येक जिल्लाबाट तीनतीन जना गरी २५२, प्रदेश कमिटीबाट ३५, तीन वटा आयोगबाट ५२, केन्द्रीय प्रतिनिधि १६ सहभागी हुनेछन् ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ८ : ०२ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज

एकै दिन ४१ विपद्का घटना

काठमाडौं । साउन २३ गते बिहान १०ः०० देखि २४ गते

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य,

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१