२४ श्रावण २०८३, आइतबार | August 9, 2026

हामीले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं : राष्ट्रपति भण्डारी



काठमाडौं । कांग्रेस नेता एवं सांसद प्रदीप गिरिको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् ।

नेता गिरिको गएराति ९ः३० बजे उपचारका क्रममा निधन भएको थियो । क्यान्सरबाट पीडित नेता गिरि एक महीनादेखि उपचाररत थिए ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत नेता गिरिको निधनको खबरले अत्यन्त दुःखी भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले शनिबार नेता गिरिको स्वास्थ्य अवस्थाको जानकारी लिन मेडिसिटी अस्पताल पुगेकी थिइन् ।

राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं ।’

नेता गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपतिले शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छन् ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ७ : ४८ बजे

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका-२ का किसान देशराज लिम्बूले गत वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइने

काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले