२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आइतवारदेखि निर्वाचन क्षेत्र बजेटबाट नयाँ कार्यक्रम गर्न नपाइने



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा आइतवार देखी रोक लगाएको छ ।

निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार नयाँ योजना र कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने तथा समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने भन्दै नयाँ योजना र कार्यक्रममा रोक लगाईएको हो ।

‘मतदातालाई प्रभावित पार्ने एवम निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने निर्वाचन पुर्वाधार विकास कार्यक्रम वा पुर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न नगराउन नेपाल सरकार, सात वटै प्रदेश सरकार र ७५३ वटै स्थानिय तहहरुलाई आयोगले निर्देशन दिएको छ’ आयोगद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

आयोगका अनुसार ‘बिपद् वा महामारीको पुर्व तयारी वा कुनै विपद्को अवस्था परी विपद व्यवस्थापन सवन्धी कार्य गर्नुपर्ने वा मानवीय सहायता प्रदान गर्नुपर्ने वा स्वास्थ्य महामारीको अवस्थामा सो को सामाना गर्न आवाश्यक उपाय अबलम्बन गर्नुपर्ने बिषय’ मा भने सो निर्देशन लागु हुने छैन ।

‘सो बाहेक कुनै पनि प्रकारको नयाँ आयोजन तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगराउन तीनै तहका सरकारलाई आयोगले निर्देशन दिएको छ’ प्रवक्ता पौडेलद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

तर, यसअघि नै बजेटमार्फत घोषणा गरिएका योजना तथा कार्यक्रम भने यथावत रुपमा सञ्चालन गर्न सकिने आयोगको भनाई छ ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ९ : ३० बजे

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

“सपना हो कि विपना हो यो, के हो जिन्दगी ?

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा