२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

पार्टी सिनियर नेताको अपमान गरेकोमा विश्वप्रकाशको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सिनियर नेताको अपमान हुने गरी भइरहेको प्रवृत्तिप्रति आपत्ति जनाएका छन् ।

नाम उल्लेख नगरी झापाका एक युवकले अग्रज नेताबारे अप्रीतिकर ढंगबाट टिप्पणी भइरहेको भन्दै उनले आफ्नै पक्षधरता भए पनि आफूले सकारात्मक रुपमा लिन नसक्ने बताएका छन् ।

अग्रज नेताबारे होच्याउने गरी भइरहेको गतिविधिलाई आफूले बारम्बार विनम्र ढंगले सम्झाउँदा र चेतावनी दिँदा पनि रुपान्तरण नभएपछि यसबारे सामाजिक सञ्जालमा पोष्ट गर्न बाध्य भएको महामन्त्री शर्माको भनाइ छ ।

यसबारे शर्माले फेसबुकमा लेखेका छन् स्

विश्वप्रकाश शर्मा ( या अन्य कोही नेतृत्व )को समर्थन या सार्वजनिक प्रशंसा गर्ने तर पार्टीकै ( या अन्य पार्टीकै पनि ) कोही अग्रज (या कसैलाई पनि ) होच्याउने गरि टिप्पणी गर्ने प्रवृत्ति सुसंस्कृत चरित्र होइन ।

झापाका एक पढेलेखेका युवा (नाम उल्लेख नगरौं, जिल्लाका साथीहरूले बुझिहाल्नु हुन्छ) ले पार्टीका केही अग्रजका बारे बेलाबेला अप्रीतिकर ढंगको टिप्पणी गर्ने तर विश्वप्रकाशको पक्षधरता प्रकट गर्ने, विषयलाई मैले सकारात्मक रूपमा ग्रहण गर्न सकेको छैन । त्यस्तो प्रवृत्ति नराख्न बारम्बार विनम्र ढंगले सम्झाउँदा र चेतावनी दिँदापनी रुपान्तरण नभएको स्थिति दृस्टिगत गरेर यो पोस्ट गर्न बाध्य भएको छु ।

कसैले मेरो आलोचना गर्न चाहँदा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताका कारण म त्यसलाई स्वागत गर्दछु । तर, मेरो निकट रहेको कसैले पनि अरु कसैलाई स्वस्थ आलोचनाभन्दा पर नकारात्मक टिप्पणी गर्दा म त्यसलाई ठाडै अस्वीकार गर्दछु । यो आचारसंहितामा म दृढ छु, यो अनुशासन पालना नगर्ने व्यक्तिलाई निकटताबाट बिदाइ गर्नु मेरो नियमित दायित्व हुन्छ ।

(ती युवा गतबर्षको मंसिर यता कुनै निकट जिम्मेवारीमा नरहेको समेत प्रस्ट्याउँदछु )

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ५ : १७ बजे

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

लुम्बिनी विश्वकै साझा धरोहर हो : पर्यटनमन्त्री पौडेल

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले लुम्बिनी

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी