२० मंसिर २०८२, शनिबार | December 6, 2025

गोकुल बास्कोटाको प्रश्न- राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए कति सजिलो हुन्थ्यो भन्ठानेको ?



काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने हल्ला फैलाएको आरोप लगाएका छन् ।

विभिन्न मिडियामा कांग्रेसका नेतालाई उद्वृत गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई लिएर राजीनामा दिने मनस्थिती बनाएको भन्ने समाचार आएपछि बास्कोटाले सामाजिक सञ्जाल मार्फत उक्त प्रतिक्रिय दिएका हन् ।

‘राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए कति सजिलो हुन्थ्यो भन्ठानेको ?,’ बास्कोटाले आज ट्वीटरमा लेखेका छन्, ‘नागरिकता हाम्रा नागरिकको नैसर्गिक हक हो, फुटपाथमा बेच्न राखेको ललीपप होईन ।’

उनले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रियसभामा सहमति गर्न सकिने समेत बताएका छन् ।

‘सत्तापक्ष राष्ट्रियसभाबाट सही सहमतीमा पुग्न तयार भए भैगो नि ! संसारका राष्ट्रपति देशहीतका लागि लडेको इतिहास छ, भागेको छैन,’ उनले लेखेका छन् ।

 

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ९ : ५८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति