१६ माघ २०८२, शुक्रबार | January 30, 2026

सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै



धनगढी । सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आउने भएको छ । सेवाका लागि अस्पतालमा सिटीस्क्यान मेशिन जडान गरेर परीक्षणको अवस्थामा रहेको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए ।

प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरेर सेवा सञ्चालनको भइरहेको उनले बताए ।

‘मेसिन नहुँदा सुदूरपश्चिमका गम्भीर प्रकृतिका बिरामीले सिटीस्क्यान सेवा लिन सुदूरपश्चिम बाहिर वा भारत जानुपर्ने अवस्था रहेको थियो । कि महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्थ्यो । तर, सेवा सुरु हुने भएसँगै सर्वसाधारणको उक्त समस्या हट्ने भएको छ,’ भट्टले भने ।

गरिब, असहाय र विपन्नवर्गका बिरामीले अन्यत्र महँगो शुल्कमा सिटीस्क्यान गराउन नसक्दा उनीहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था रहेकोमा त्यसलाई मध्यनजर गर्दै सेवा सञ्चालनको तयारी गरिएको उनले बताए ।

मस्तिष्कघात लगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ८ : ४६ बजे

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’