१ पुस २०८२, मंगलबार | December 16, 2025

२५ गते सम्म कर तिर्न सरकारले गरेको आदेशको भद्र अवज्ञा गर्न देउवाको आग्रह



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी सुचनाको अवज्ञा गर्न उद्योगि ब्यवसायीलाई आग्रह गर्नुभएको छ । उहांले सरकारी ताकेताको ब्यवसायीहरुलाई भद्र अवज्ञा गर्न समेत आग्रह गर्नुभएको छ ।

आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको मा सभापति देउवाले यस्तो आग्रह गर्नुभएको हो ।

राजश्व बिभागले २५ गते सम्म मुल्य अभिबृद्दी कर, अन्तशुल्क र अग्रीम कर बुझाउन सुचित गर्दै चुक्ता नगरे जरिवाना लाग्ने बताएको थियो । बिभागको सुचनाको देशभरीका व्यवसायीहरूले विरोध गरेका छन् ।

कांग्रेस सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाउनु भयो ।

अनावश्यक खर्च घटाउन मितव्ययिताका अपनाउन सरकार गम्भीर नभएको बताउंदै देउवाले ब्यवसायीको पीसीआर परीक्षण गरेर व्यवसाय क्रमशः सञ्चालन गर्ने कार्ययोजना नबनाएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सरकारले सहजीकरण गर्नुपर्ने भन्दै उहांले सरकारले अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नरहेको स्पष्ट पार्नुभएको छ ।

कांग्रेस सभापति देउवाले लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याङ‍्कन गर्न र जेठ २५ भित्र कर तिर्न गरिएको ताकेता फिर्ता गर्न समेत सरकारसँग माग गर्नुभएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ३ : ०३ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि