१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

२५ गते सम्म कर तिर्न सरकारले गरेको आदेशको भद्र अवज्ञा गर्न देउवाको आग्रह



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी सुचनाको अवज्ञा गर्न उद्योगि ब्यवसायीलाई आग्रह गर्नुभएको छ । उहांले सरकारी ताकेताको ब्यवसायीहरुलाई भद्र अवज्ञा गर्न समेत आग्रह गर्नुभएको छ ।

आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको मा सभापति देउवाले यस्तो आग्रह गर्नुभएको हो ।

राजश्व बिभागले २५ गते सम्म मुल्य अभिबृद्दी कर, अन्तशुल्क र अग्रीम कर बुझाउन सुचित गर्दै चुक्ता नगरे जरिवाना लाग्ने बताएको थियो । बिभागको सुचनाको देशभरीका व्यवसायीहरूले विरोध गरेका छन् ।

कांग्रेस सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाउनु भयो ।

अनावश्यक खर्च घटाउन मितव्ययिताका अपनाउन सरकार गम्भीर नभएको बताउंदै देउवाले ब्यवसायीको पीसीआर परीक्षण गरेर व्यवसाय क्रमशः सञ्चालन गर्ने कार्ययोजना नबनाएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सरकारले सहजीकरण गर्नुपर्ने भन्दै उहांले सरकारले अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नरहेको स्पष्ट पार्नुभएको छ ।

कांग्रेस सभापति देउवाले लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याङ‍्कन गर्न र जेठ २५ भित्र कर तिर्न गरिएको ताकेता फिर्ता गर्न समेत सरकारसँग माग गर्नुभएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ३ : ०३ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै