८ असार २०८३, सोमबार | June 22, 2026

दसैंका लागि ३ हजार खसीबोका ल्याइने, घटस्थापनादेखि विक्री



काठमाडौं । सरकारले यसवर्षका लागि ३ हजार खसी बोका तथा च्याङग्रा ल्याउने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यसवर्षको दसैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी बोका तथा च्याङग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ । उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौंमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङग्रा काठमाडौंमा आउनेछन भने घटस्थापनादेखि कम्पनीले विक्रिवितरण सुरु गर्नेछ ।

गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १ : ०८ बजे

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति

टिपर दुर्घटनामा चालकको मृत्यु

तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका-४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य