८ असार २०८३, सोमबार | June 22, 2026

कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ : नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने दाबी गरेका छन् ।

नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा आज आयोजित माल्यार्पण कार्यक्रममा सिंहले भने, “हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा भएको विगत साक्षी छ, आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेको छ, कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष हुन्छ भन्ने आम मान्यता रहँदै आएको छ ।”

मुलुकमा निर्वाचनको माहोल सुरु भइसकेको उनले बताए । अहिलेको सरकार बन्नुअघिको सरकारले ऐन कानुन नबनाइदिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनुपर्ने परिस्थिति बनेको उनले धारणा राखे । उनले अब निर्वाचनपछि यी सबै समस्याको समाधान हुने बताए ।

नेता सिंहले मुलुकमा राजनीतिक दुर्घटना हुनबाट रोक्न हालको अस्थायी अरेजमेन्ट सोरुप कांग्रेस नेतृत्वमा वर्तमान सरकार गठन भएकोसमेत दाबी गरे ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १ : १२ बजे

मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति

टिपर दुर्घटनामा चालकको मृत्यु

तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका-४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको