२१ मंसिर २०८२, आइतबार | December 7, 2025

हतियार देखाएर आईएमईमा लुटपाट



सर्लाही । सर्लाहीको दक्षिणी क्षेत्र गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा दिन दहाडै लुटपाट भएको छ ।

शुक्रबार बिहान सर्लाहीको गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट भएको हो ।

चार जनाको समुहमा रहेका नकाबधारी समूहले हतियार देखाएर आईएमईबाट ८ लाखभन्दा बढी रकम लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटेरा समुह रकम लुटेर तत्काल फरार भएको स्थानीयले बताए । घटना स्थलबाट दुई सय मिटरको दुरीमा प्रहरीचौकी रहेको छ ।

लुटेरा समूहले आईएमईबाट एक थान कम्प्युटर सहित नगद ८ लाख ५० हजार रुपैयाँ लुटेर लगेको आईएमई संचालकको भनाई छ । बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह आएका र उनीहरुले हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए ।

घटनालगत्तै प्रहरी नायव उपरीक्षकको कमान्डमा त्यस क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको हो । प्रहरी नायव उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १ : ४५ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन