८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

बाँकेको तीनवटै क्षेत्रमा कांग्रेस बाँकेको दाबी, नेपालगन्जमा त्रिपक्षिय प्रतिस्पर्धा हुने



नेपालगन्ज । नेपाली कांग्रेस, बाँकेले जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने गरि लबिङ शुरु गरेको छ । कांग्रेस बाँकेले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै बाँकेमा एक्लै लड्दा पनि सबै निर्वाचन क्षेत्रमा विजयी हुने दाबी गर्दै एकल प्रतिस्पर्धाका लागि लबिङ शुरु गरेको हो ।

गठबन्धनबाट बाँकेको १ वा ३ नम्बर निर्वाचन क्षेत्रमात्र पाउने आंकलन गरिएका बेला कांग्रेस बाँकेले पार्टी केन्द्रलाई दवाव दिन पत्रकार सम्मेलन नै गरेर तीनवटै निर्वाचन क्षेत्रमा जित्न सकिने दाबी प्रस्तुत गरेको हो । गठबन्धनबाट बाँके क्षेत्र नम्बर २ जनता समाजवादी पार्टीलाई दिने लगभग पक्का छ । सोही अनुसार जसपाबाट हाल भौतिक पूर्वाधार मनत्री रहेको मोहम्मद इस्तियाक राइन्ले चुनावी प्रचार शुरु गरिसकेका छन् ।

पत्रकार सममेलनमा बोल्दै कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले स्थानीय तहको निर्वाचनको मतका आधारमा पार्टीले तीन वटै निर्वाचन क्षेत्रमा विजयी हुने देखिएको बताउदै केन्द्रमा एक्लै चुनाव लड्न लबिङ गरिरहेको जानकारी दिए । उनले चुनाव जित्न सहज भएपनि केन्द्रले गठबन्धन गर्ने सहमति गरिसकेको र त्यही अनुसार जिल्लामा निर्देशन आएको अवस्थामा भने पार्टी जिल्लाले स्विकार गर्ने बताए ।

कांग्रेसकै एउटा समुह भने नेपालगन्ज पूर्व सभापति सुशिल कोईरालाको गृह नगर भएकाले क्षेत्र नम्बर २ कांग्रेसले छाड्न नहुने अडानमा छ । बाँके क्षेत्र नम्बर २ मा मुलतः राप्रपा उपाध्यक्ष धवल शम्शेर राणा र जसपाका इस्तियाक राइनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । उता भारतीय शिव सेनाका बाल ठाकरेको आशिर्वाद पाएका शिवसेना नेपालका नेता दिवाकर खनाल पनि बाँकेको क्षेत्र नमबर २ बाटै चुनावी प्रतिस्पर्धामा उत्रने घोषणा गरिसकेका छन् ।

पत्रकार सममेलनमा कांग्रेसले भदौ १० गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने ‘जनताको साथमा कांग्रेस’ भन्ने अभियान पनि शुरु गरेको जानकारी दिएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ५ : ५९ बजे

बैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७७

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

काठमाडौं । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले

अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन

आइपिएलको फाइनल प्रवेशका लागि आज हैदराबाद र कोलकाता भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ चरणको पहिलो

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा