३० असार २०८३, मंगलबार | July 14, 2026

मिटर ब्याजको धन्दा : कर्णालीमा २२ वटा उजुरी



सुर्खेत । थोरै समयका लागि ऋण दिएर चर्को ब्याज लिने गैरकानुनी धन्दा ‘मिटर ब्याज’ को जालोमा कर्णालीका थुप्रै व्यक्ति परेको पाइएको छ । तत्कालै धेरै कमाइने लोभले मिटर ब्याजमा लगानी गरेका र ऋण लिएका दुवै पक्ष अहिले बिचल्लीमा छन् । स्थानीय प्रशासनले उक्त अवैध कारोबारमा पीडित बनेकालाई उजुरी दिन आह्वान गरेपछि त्यस्तो धन्दामा संलग्नहरूको संख्या धमाधम खुल्न थालेका हुन् ।

गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार कर्णाली प्रदेशभर मिटर ब्याज कारोबारबाटठगिएको भन्दै २२ जनाले उजुरी दिएका छन् । यसरी उजुरी दिनेमा सुर्खेतका धेरै छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचनामार्फत पीडितलाई उजुरी दिन भनेको थियो । सुर्खेतमा मात्र ११ वटा उजुरी परेका छन् । तीमध्ये अधिकांश उजुरी वीरेन्द्रनगरभित्रका हुन् । यसले पनि सहरी क्षेत्रमा मिटर ब्याजको धन्दा बढी हुने गरेको देखिएको छ ।

चर्को ब्याजमा ऋण दिएर ठग्दै आएका घटनाहरू बाहिरिएपछि गृह मन्त्रालयले २८ साउनमा सूचना जारी गरेर ५ भदौभित्र सम्बन्धित जिल्ला प्रशासनमा त्यस्ता पीडितहरूलाई उजुरी दिन अनुरोध गरेको थियो । प्रशासन कार्यालयहरूले त्यसयता पनि उजुरी आउने क्रम भने जारी रहेको जनाएको छ । मिटर ब्याज पीडित आउनेक्रम रहिरहेकोले गृह मन्त्रालयले म्याद थप समेत गरेको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेका अनुसार एक जनाले आफू २३ जना व्यक्तिबाट पीडित भएको भन्दै उजुरी दिएका छन् । ती व्यक्तिले २३ जना मिटर ब्याजीविरुद्ध उजुरी दिएको उनले जनाए ।

प्रशासन कार्यालयमा आएका उजुरीको विवरण हेर्दा चर्को ब्याजमा ऋण दिएर अटोपास गर्ने, तमसुक गर्ने, खाली चेक दिने, रकम असुल नभए मुद्दा गर्ने, बाध्यतामा पारेर घरजग्गा आफ्नो नाममा बनाउने लगायतका गतिविधि हुने गरेको पाइएको छ । यस्ता प्रकृतिका उजुरी धेरै आएको सहायक प्रजिअ पाण्डेले बताए ।
सहायक प्रजिअ पाण्डेले मिटर ब्याजीविरुद्ध आएका उजुरीहरूको अब अध्ययन थालिने बताए ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ४ : ०३ बजे

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन