२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

कांग्रेस पदाधिकारी राष्ट्रपति भेट्न शीतल निवास जाँदै



काठमाडौं । नागरिकता विधेयकलाई लिएर सरकार र राष्ट्रपतिबीच द्वन्द्व सुरु भएको छ ।

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिनसम्म होल्ड गरी फिर्ता पठाएपछि सरकार र शीतल निवासबीच दूरी बढेको हो ।

नागरिकता विधेयककै विषयमा छलफल नेपाली कांग्रेसको पदाधिकारी टोली आज राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास जाँदैछ । प्रधानमन्त्री एवं कांग्रे सभापति शेरबहादुर देउवा नेतृत्वमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितको टोली सोमबार दिउँसो २ बजे शीतल निवास जान लागेको हो ।

बालुवाटार स्रोतका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि कांग्रेस टोलीले राष्ट्रपति भण्डारीलाई आग्रह गर्नेछ । नागरिकता विधेयककै कारण निर्वाचनको माहोल नबढेको निष्कर्षसहित कांग्रेसले राष्ट्रपतिलाई भेटेरै यसबारे छलफल गर्न लागेको हो । राष्ट्रिय सभाबाट विधेयक पारित भए पनि राष्ट्रपतिले ‘होल्ड’ मा राख्ने संकेत दिएपछि कांग्रेसले विधेयक प्रमाणीकरण गर्न पहल थालेको हो ।

यसअघि राष्ट्रपति भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीसँग शीतल निवासमा छलफल गरेकी थिइन् । राष्ट्रपतिले नागरिकता विधेयकमा आफ्नो कुनै स्वार्थ नरहेको जनाउँदै आफूले संविधानअनुसार विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएको स्पष्ट पारेकी थिइन् ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १२ : ५४ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री