८ असार २०८३, सोमबार | June 22, 2026

मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन



काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ ।

आयोगमा सङ्कलित मतदाता विवरणलाई यही भदौ १२ गते वडास्तरमा प्रकाशन गराइएको छ । त्यसपछि तोकिएको प्रमुख नाम दर्ता अधिकारीले दाबी विरोधका कार्यक्रम सञ्चालन गर्नेछन् ।

सो अवधिमा मतदाता नामावलीमा त्रुटि भए सच्याउने, झुटा विवरण दिइ नाम लेखाइएको भए प्रक्रियागतरुपमा निवेदन दिइ हटाउन लगाउने, एकै व्यक्तिको एक वा सोभन्दा बढी स्थानबाट नामावली सङ्कलन भएको भए हटाइनेछ । झुटा विवरणबारे प्राप्त उजुरीमाथि सम्बन्धित मतदातालाई सफाइको मौका पनि दिइनेछ । नामावलीमा अद्यावधिक कार्य सम्पन्न गरी यही भदौ २४ गते आयोगमा विवरण पठाउन भनिएको छ ।

आयोगले ‘मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम २०७९’ गत साउन २२ गते आयोगबाट स्वीकृत गरी प्रमुख नाम दर्ता अधिकारी तोकेको थियो । यही भदौ ३१ गते आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरी वेबसाइटमा प्रकाशन गर्नेछ ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १ : १९ बजे

देवनगरमा ‘टाइगर सेन्चुरी’ बनाएर बाघ व्यवस्थापनको तयारी गर्दै सरकार

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय

माधव र रुबिना बने प्रथम लुम्बिनी क्लासिक विजेता

दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता ‘प्रथम लुम्बिनी क्लासिक

मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन