८ असार २०८३, सोमबार | June 22, 2026

निर्वाचन आयोगले ल्यायो आचारसंहिता, दुईतहको अनुगमन समिति (पूर्णपाठसहित)



काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आचार संहिता सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले आचारसंहिता तयार गरी राजपत्रमा प्रकाशित गरेको हो ।

यस अघि केन्द्रबाटै आचारसंहिताको अनगुमन गर्ने गरिएपनि यस पटकको निर्वाचनमा आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठनको प्रस्ताव गरेको हो ।

आयोगले राजपत्रका प्काशित गरेको संहिता अनुसार निर्वाचन आयोगले तोकेको निर्वाचन आयुक्तको नेतृत्वमा गठन हुने केन्द्रीय निर्वाचन आचारसहिता अनुगमन समितिमा निर्वाचन आयोगका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कानून, गृह र सञ्चार मन्त्रालयका सचिव सहित पाँचजना सचिवहरु रहनेछन् । समितिमा निर्वाचन सेल हेर्ने नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक पनि रहने व्यवस्था गरिएको छ ।

त्यसैगरि हरेक जिल्लामा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा जिल्लास्तरीय आचारसंहिता अनुगमन समिति बन्नेछ । सो समितिमा प्रमुख जिल्ला अधिकारी सहसंयोजक हुनेछन् भने जिल्ला स्थित प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयको प्रमुख सदस्य हुनेछन् ।

यस्तो छ आचार संहिता :

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/08/निर्वाचन-आचारसंहिता-२०७९.pdf” title=”निर्वाचन आचारसंहिता, २०७९”]

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ६ : ५७ बजे

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका

देवनगरमा ‘टाइगर सेन्चुरी’ बनाएर बाघ व्यवस्थापनको तयारी गर्दै सरकार

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय

माधव र रुबिना बने प्रथम लुम्बिनी क्लासिक विजेता

दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता ‘प्रथम लुम्बिनी क्लासिक

मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश