काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आचार संहिता सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले आचारसंहिता तयार गरी राजपत्रमा प्रकाशित गरेको हो ।
यस अघि केन्द्रबाटै आचारसंहिताको अनगुमन गर्ने गरिएपनि यस पटकको निर्वाचनमा आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठनको प्रस्ताव गरेको हो ।
आयोगले राजपत्रका प्काशित गरेको संहिता अनुसार निर्वाचन आयोगले तोकेको निर्वाचन आयुक्तको नेतृत्वमा गठन हुने केन्द्रीय निर्वाचन आचारसहिता अनुगमन समितिमा निर्वाचन आयोगका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कानून, गृह र सञ्चार मन्त्रालयका सचिव सहित पाँचजना सचिवहरु रहनेछन् । समितिमा निर्वाचन सेल हेर्ने नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक पनि रहने व्यवस्था गरिएको छ ।
त्यसैगरि हरेक जिल्लामा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा जिल्लास्तरीय आचारसंहिता अनुगमन समिति बन्नेछ । सो समितिमा प्रमुख जिल्ला अधिकारी सहसंयोजक हुनेछन् भने जिल्ला स्थित प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयको प्रमुख सदस्य हुनेछन् ।
यस्तो छ आचार संहिता :
[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/08/निर्वाचन-आचारसंहिता-२०७९.pdf” title=”निर्वाचन आचारसंहिता, २०७९”]



















प्रतिक्रिया