१२ आश्विन २०८३, सोमबार | September 28, 2026

राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरुको छलफल



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका छन ।

राष्ट्रपति भवन शीतल निवासमा आज उनीहरुबीच नागरिकतासम्बन्धी विधेयक, आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीलगायत समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिए ।

भेटमा राष्ट्रपति भण्डारीले नागरिक विधेयकका सम्बन्धमा जिज्ञासा राख्दै यसबारेमा दलहरुलाई साझा धारणा बनाउन आग्रह गरेको उनले बताए । यसैगरी प्रधानमन्त्री देउवाले सरकारले अघि बढाएको नागरिकता विधेयकका सम्बन्धमा र निर्वाचनको तयारीका बारेमा जानकारी गराएका थिए ।

भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

राष्ट्रपति भण्डारीले आजै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का शीर्ष नेताहरूसँग पनि सोही विषयमा छलफल गरेको प्रमख स्वकीय सचिव अधिकारीले जानकारी दिए ।

नागरिकतासम्बन्धी विधेयक दुवै सदनबाट पारित भई सभामुखबाट प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । उक्त विधेयक राष्ट्रपतिले पुनर्विचारको सन्देशसहित सङ्घीय संसद्मै फिर्ता पठाएकी थिइन । विधेयक प्रतिनिधिसभाबाट पुनः हुबहु पारित गरी आइतबार मात्रै राष्ट्रियसभामा टेबुल भएको छ । राष्ट्रियसभाले विधेयक छलफलका लागि विधायन समितिमा पठाएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ९ : २९ बजे

कालीगण्डकी नदीको कटान हेर्ने क्रममा लडेर एक जनाको मृत्यु

बागलुङ । अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने

घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान माथिबाट

बुटवलमा आजदेखि मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै

बुटवल । बुटवलमा आजदेखि मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ

सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि