३ चैत्र २०८२, मंगलबार | March 17, 2026

मध्यपुर थिमी नगरपालिकाले भन्यो – ३५ दिनभित्र अबैध संरचना हटाउनु



काठमाडौं । मध्यपुर थिमि नगरपालिका, भक्तपुरले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसिमा भित्र नहटाएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

‘नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने गरिएको पाइएको छ,’ नगरपालिकाले जारी गरिएको सुचनामा भनिएको छ, ‘अव्यवस्थित रूपमा सवारी साधनहरू पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले यो सार्वजनिक सूचना जारी गरिएको छ, सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउनु होला । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।’

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव काठमाडौं उपत्यकालगायत देशैभरीका अन्य नगरपालिकामा पनि क्रमश: देखिन थालेको छ ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ८ : ४० बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड