१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

दिप बोर्डिङमा बङ्गारा हल्लनेगरी शिक्षकबाट विद्यार्थी कुटिए



बुटवल । बुटवल दिपनगर स्थित दिप बोडिड हाई स्कुलका एक शिक्षकले कक्षा १० मा पढ्ने विद्यार्थीलाई दाँतको बङ्गारा हल्लने गरि कानमा चट्कन हानेको अभिभावकले आरोप लगाएका छन् । विद्यालयका कम्प्युटर शिक्षक एकराज गुरागाईले विद्यार्थी जेनित रायमाझिलाई चट्कन हानेको अभिभावकले बताएका हुन् ।

तिलोत्तमा वडा नं. ५ घर भएका जेनितले कक्षा कोठामा हाँसेको भन्दै शिक्षकले चट्कन हानेको अभिभावक चन्दा रायमाझिले बताईन् । यस अघि पनि आफ्नो छोरा माथी विद्यालयमा शिक्षकले कुटपिट गरेको उनको आरोप छ । उनले यस पटक पनि शिक्षकबाट कुटाईखाएपछि घटना बारे बुझ्न खोज्दा विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले थर्काएपछि घटना सार्वजनिक गर्न बाध्य भएको बताईन् ।

फिजिकल पोलिसमेन्ट दिन नपाईने भएपनि विद्यालयका शिक्षकले पटक पटक विद्यार्थीहरुलाई कुटपिट गरेकाले उक्त विद्यालयमा विद्यार्थीहरु असुरक्षित भएको उनको भनाई छ ।

‘हामीले विद्यालयमा विश्वास गरेर आफ्ना नानीबावुहरुलाई पढन पठाउने तर यहाँ शिक्षकले कुटपिट गर्दा विद्यार्थीलाई मनोबैज्ञानिक त्रास बढेको छ । मनोविज्ञानमा गम्भिर असर परेको छ । यसमा विद्यालय प्रशासन र विद्यालयका प्राचार्य गम्भिर बन्नुपर्छ ।’ उनले भनिन् ।

चन्दाका अनुसार शिक्षकको कुटाईबाट घाईते भएका जेनितलाई अभिभावकले लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लिमा उपचार गराएका थिए । जेनितलाई १५ दिन आराम गर्न चिकित्सकले सुल्झाएका छन् । उपचारका क्रममा उनको बङ्गारामा असर पुगेको चिकित्सकले बताएको छ ।

विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले शिक्षकबाट कुटपिट भएको थाहा पाए लगत्तै आफुले भाइस प्रिन्सिपललाई पठाएर अभिभावक सहित पीडित विद्यार्थीको उपचार गर्न लगाएको बताए । उनले आज सार्वजनिक बिदा भएकाले बुधबार शिक्षकलाई बोलाएर स्पष्टिकरण सोध्ने जानकारी दिए । तेस्रो पिरियडमा भएको घटनालाई दिनभरी कुनै थाहा नदिएर घर पुगेपछि मात्र जानकारी आएको भन्दै उनले कमजोरी भएको भए कारवाही हुने बताए ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ९ : ४३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा