६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

गण्डकी प्रदेशमा थपिए १६ जना संक्रमित, बागलुङका मात्रै १० जना



पोखरा । बिहीबार बिहानै गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार बागलुङमा १० जना संक्रमित थपिएका छन् । यस्तै, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुष र निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् ।

यस्तै, पर्वतको फलेबास नगरपालिकाका २१ वर्षका २ जना पुरुषलाई पनि कोरोना पुष्टि भएको छ । पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले विज्ञप्तिमा जनाउनुभएको छ । फलेवासमा यसअघि ५ जनालाई संक्रमण भैसकेको छ ।

यस्तै म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुष र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ७ : २८ बजे

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध