१० आश्विन २०८३, शनिबार | September 27, 2026

कहिल्यै सुधार नहुने विचरा जाजरकोट सदरमुकाम 



सुर्खेत । भिरालो जमिनमाथि घर र वस्तीट । त्यही जमिनमा जबर्जस्ती टाँसेर निर्माण गरिएका सडक । सवारीसाधन पार्किङका लागि ठाउँ नहुँदा सडक नै दुर्घटनाकाे प्रमुख कारण बनिरहेकाे छ ।
याे दृश्य जाजरकोट सदरमुकाम अर्थात भेरी नगरपालिका-४ शान्तिचौतारादेखि वडा नम्बर ३ को तल्लो थाप्लेसम्मको हो । यही भु-भागभित्र जिल्लाका सबै सरकारी कार्यालय छन् ।
स्थानीय सरकारको रुपमा रहेको भेरी नगरपालिका जानेआउने बाटो समेत यहीँ छ । जाजरकोट-डोल्पा खण्डको एक भाग (भेरी करिडोर) समेत यहीँ पर्छ । राति पानी पर्न थालेपछि यहाँका स्थानीयवासीले ज्यान जोगाउन घर नै छोड्नुपर्ने बाध्यता छ । बढ्दो मानवीय क्रियाकलापले आफैँलाई धराप पर्नेगरी दैनिक काम हुँदा सदरमुकामको अस्तित्व बिस्तारै लोभ हुने अवस्थामा पुगेको सरोकारवालाहरूको प्रतिक्रिया छ ।
प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सत्या पहाडीले केही दिन अगाडि प्रतिनिधिसभा बैठकमा जाजरकोट सदरमुकाम पहिरोको जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् । जिल्लाको पुरानो बजार क्षेत्र रहेको ठाँटीबजार नजिकै होटल तथा स्थानीयवासीले फोहोर पानी जथाभावी खसाल्दा पुरै जमिन भाँसिएको छ । यही ठाउँमा पटक पटक मर्मतका नाममा करोडौँ  खर्च थए पनि जोखिम न्यूनिकरणको भरपर्दो काम अझै हुन सकेको छैन । सदरमुकामका अधिकांश ठाउँमा सामुदायिक तथा सरकारी जमिन समेत कब्जा गरेर घर टहरा निर्माण गरी अस्थायी बस्ती बसाउने कामले पनि तीव्रता पाएकाे छ ।
भेरी नगरपालिकाले सडकको छेउछाउदेखि अन्य अधिकार क्षेत्रभित्र रहेको कुनै विकास निर्माणमा ध्यान नदिँदा सदरमुकामको भविष्य अन्धकार बन्दै गएको छ । दरमुकामको भारवहन क्षमताभन्दा पनि बढी मानवीय क्रियाकलाप हुँदा अस्तित्व नै संकटमा पर्ने उद्योग बाणिज्य संघ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए । निजीस्तरबाट सञ्चालनमा रहेका बैंकहरूका अगाडि यातायातका साधनहरू पार्किङ गरी टिकट काट्ने स्थल बनाइएकाे छ ।
भेरी नगरपालिकाकाे आँखै अगाडि बेथितिका चाङ देखिए पनि नदेखेझै गरेर रमिते बनेकाे भेरी-१ का वीरबहादुर बस्नेतले बताए । जिल्ला नापी कार्यालयले दिएको जानकारी अनुसार २१० वटा घर मात्र यहाँ दर्तावाल जमिनमा निर्माण भएका छन् ।
दलका नेताहरूले सरकारी तथा सामुदायिक वनको जग्गा मिचेर ठुलाठुला घर निर्माण गरेकाे नापी कार्यालयको तथ्यांकमा उल्लेख छ । घर निर्माणकाे कुनै मापदण्ड नहुँदा आफूले खनेको खालडमा आफै पुरिने सम्भाववना बढेको सरोकारवालाहरूको बुझाइ छ ।
भेरी नगरपालिकामा राज्यले पटक पटक गरेकाे लगानी पनि बालुवाको महल हुँदै आएको छ । संघीय सरकारबाट सडक निर्माणका लागि हरेक वर्ष बजेट बिनियोज गरिएको छ । यहाँ निकै राम्राे बजेट परिरहेकाे  इन्जिनियर सन्तोष शाहीले बताए । तर, त्याे बजेटले मानवीय क्रियाकलाप सुधार नहुने उनकाे भनाइ छ ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ४ : ०८ बजे

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

पछिल्लो विपदबाट छ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक डा कोइराला

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा शशाङ्क

४८ वर्षपछि हुम्लामा रेकर्ड ब्रेक वर्षा

कर्णाली । पानी पार्ने प्रणाली पश्चिम सरेसँगै कर्णाली प्रदेशको हुम्लामा

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल