चितवन । पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
आज बिहान साढे ५ बजे चितवनको भरतपुर महानगरपालिका-२९ मा रहेको केराबारीमा सडकमा लेदो र पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसले गर्दा सडक अवरुद्ध भएको छ । सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् ।
मंगलबार राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएर बुधबार दिउसो सडक सञ्चालनमा आएको थियो। आज फेरि पहिरो गएको हो ।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको पनि प्रहरीले जनाएको छ । त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका ६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ । त्यहाँ पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया