१० पुस २०८२, बिहिबार | December 25, 2025

रुपन्देही एकीकृत समाजवादीले बनायो विष्णु पौडेलसँगै भिड्ने बटमलाईन



बुटवल । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. २ मा विष्णु पौडेलसँगै भिड्ने बटमलाईन बनाउने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादी रुपन्देहीको विहिबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर क्षेत्र दाबी गर्ने निर्णय गरेको हो । बेठकले प्रदेशसभा तर्फ ३ वटा निर्वाचन क्षेत्र दावी गरेर अगाडि बढ्ने पनि निर्णय गरेको छ ।

केन्द्रीय राजनीतिमा भएको सहमतीलाई रुपन्देहीमा पूर्ण रुपमा कार्यान्वयन गर्ने समेत सचिवालय बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिए । बैठकले निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई जिताउने गरि लाग्ने र आवश्यक परे एक्लै पनि निर्वाचन लड्न सक्ने गरि निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएको छ । यसअघि रुपन्देहीका प्रतिनिधिसभाका ५ र प्रदेशसभातर्फका १० वटा निर्वाचन क्षेत्रमा नामहरु सिफारिश गरिसकेको छ ।

रुपन्देही निर्वाचन क्षेत्र न. २ मा पार्टीका केन्द्रीय सदस्य एंव रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिस गरिसकेको छ । एमाले विभाजन भए लगत्तै गुरुङले आगामी निर्वाचनमा पौडेलसाग भिड्ने घोषणा गरेका थिए ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य गुरुङले आफुहरुले स्वभाविक दावी गरेको बताउँदै गठबन्धनबाट आफू नै उम्मेद्वार हुने बताए । उनले आफूहरुले मात्रै बुटवलबासी र रुपन्देहीका जनताको भावनाको सम्बोधन गर्न सक्ने भन्दै निर्वाचनमा खटिन समेत कार्यकर्तालाई आग्रह गरे । संविधान, लोकतन्त्र र गणतन्त्रमाथी अझै खतरा देखिएकाले गठबन्धनबाट आफूहरु चुनावी मैदानमा आउन लागेको बताउँदै काँग्रेस इमान्दार नभए एक्लै पनि चुनाव लड्न तागत एकीकृत समाजवादीले राख्ने जिकिर गरे ।

बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मंसिर ४ को चुनाव परिवर्तनकारी र संविधान मास्नेका विरुद्धमा भएको बताए । त्यस्तै बैठकमा पार्टीका केन्द्रीय सदस्य उमा काफ्ले, अर्का केन्द्रीय सदस्य भगवती घिमिरे, प्रदेश कमिटिका पदाधिकारी र सदस्य तथा जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको जिल्ला सचिव सरिता श्रीसले बताईन ।

 

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ६ : ५६ बजे

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका 

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

१७ वर्षपछि स्वदेश फर्किए तारिक रहमान, ढाकामा भव्य स्वागत

ढाका । बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी । उत्तर कोरियाले आणविक-सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको