१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवलका मुख्य सहरी सडकहरु शौन्दर्यकरण गरिँदै



बुटवल । बुटवलमा महामारी विरुद्धको अभियान संगै सहरी सडकलाई शौन्दर्यकरण सुरु गरिएको छ ।

महामारीसंग जोगिँदै सुरक्षित उपायका साथ मुख्य सहरी सडकलाई ट्राफिक संकेतसहित मार्किङ गरिएको छ । हालै पिच भएका मुख्य सडकलाई ट्राफिक संकेत सहित शौन्दर्यकरण गर्ने काम सुरु भएको उपमहानगरले जनाएको छ । बुटवलको सडक सिँगार्ने काममा कोभिड-१९ विरुद्ध आवश्यक सुरक्षात्मक मापदण्ड अपनाइएको छ ।

मुख्य सडकमा अहिले ट्रफिक लेन, जेब्राक्रसिङ तथा ट्राफिक संकेत बनाउने काम भइरहेको छ । नयाँ पिच भएका तथा निर्माण भएका नगरका ठूला सडकहरुमा रोड मार्किङ्ग गरेर ट्राफिक व्यवस्थापनलाई सहज बनाउने काम भएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । अहिले बुटवलका मुख्य सडकहरु स्तरोन्नति भएका छन् ।

मापदण्ड अनुसार निर्माण भएका तिनै सडकमा ट्राफिक संकेतसहित शौन्दर्यकरण गरिएको प्रमुख सुवेदीको भनाइ छ ।बुटवलका अमरपथ, विपी पथ, दरबारमार्ग पथ, इलाका प्रहरी कार्यालय अगाडिको बाटो, श्रवण पथ, मदन पथ, शुक्रपथ, धर्मपथ, दशरथपथलगायतका मुख्य सहरी सडकहरुमा रोड मार्किङ्ग गरिएको वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताउनुभयो ।

 

करिब २० लाख बराबरको बजेटमा मुख्य सडक शौन्दर्यकरणको काम भइरहेको उपमहानगरले जनाएको छ । लकडाउनका कारण मानिसको आवागमन नभएको, सवारी साधन नगुडेको र पसलहरुसमेत बन्द रहेका अवस्थामा सडक शौन्दर्यकरण र ट्राफिक संकेत निर्माणका काममा सहज भएको वरिष्ठ इन्जिनियर श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  १२ : ४५ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’